२३ चैत्र २०८२, सोमबार | April 7, 2026

गण्डकीका नवनियुक्त मन्त्रीहरुद्वारा पदबहाली



पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि आज बिहान मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले बिहान पदबहाली गरेका हुन् ।

यसैगरी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले भने मंगलबार साँझ नै पदबहाली गरेका थिए । पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रुपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गरे।

सो क्रममा उनले सङ्घीयताको कार्यान्वयनमा लाग्न र सबैखालका प्रयासमा साथ दिन आग्रह गरे । उनले भने, “अहिलेको कार्यभार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्नुहो । सेवाप्रवाहलाई सहज बनाउँदै जनताको छिटो सम्पन्न गर्ने गरी लाग्न विशेष आग्रह गर्दछु ।”

अन्य मन्त्रीहरुलेसमेत पदबहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णय सदर गरेका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयले बनाइएको छ । यसअघि १२ मन्त्रालय रहेकामा व्ययभार कम गर्न त्यसलाई घटाइएको मुख्यमन्त्री अधिकारीले बताए । गण्डकी प्रदेशमा सरकारले पूर्णता प्राप्त गर्दा सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले मुख्यमन्त्रीसहित चार मन्त्रालय, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मन्त्रालय लिएका छन् ।

गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरेपनि कार्य विभाजन गरेका थिएनन् । अधिकारी नेकपा९एमाले०का २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले संसद्मा विश्वासको मत समेत लिइसकेका छन् । गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख लिने गरी केन्द्रबाटनै पद बाँडफाँट गरिएको थियो । सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भैसकेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ०० बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै