५ माघ २०८२, सोमबार | January 20, 2026

भूकम्पले अन्ठाउन्न घरमा क्षति


११ माघ २०७९, बुधबार  

247
Shares

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ ।

मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् । ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको बताए ।

एकको मृत्यु

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाएर भिरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीनजना घाइते

भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन् । घाइते भएका तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला जिल्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले बताए । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महतलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

पचास भेडा मरे

वनमा चराउन लगिएका ५० भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन् । गौमूल–१ अम्लिसका राजदल बोहराका ५० भेडा भिरको चट्टान भूकम्पले फुटेर चरिरहेका भेडा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : ५२ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच