२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक, ट्रेलरमा एउटा परिवारको माया र भरोसाको कथा



नेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ ।

४ मिनेट ९ सेकेन्डको ट्रेलरले नेपाली समाजको कहालीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ । दाम्पत्य जीवनमा प्रेम कति महत्त्वपूर्ण रहन्छ भन्ने सन्देशसमेत फिल्मको ट्रेलरले दिन खोजेको देखिन्छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको सार्वजनिक ट्रेलर हेर्दा प्रियंका कार्की छुच्ची बुहारीको भूमिकामा छिन् । छोराछोरी सक्षम भएपछि पराया हुने संकटको कथा हो – ‘फूलबारी’को ट्रेलरले भन्न खोजेको कथा ।

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘फूलबारी’ यशोधा फिल्मस्‌ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेका फिल्ममा मनिष ढकालले लगानी गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : १० बजे

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५