१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

आत्मदाह गर्ने व्यवसायी आचार्यको स्मरणमा नेपालगन्जका व्यवसायी आन्दोलित



नेपालगन्ज । राज्यको आर्थिक नीतिलाई चुनौती दिंदै आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको स्मरणमा नेपालगन्ज उद्योग बाणिज्य संघले आधादिन उद्योग व्यवसाय बन्द गरेर शोक मनाउने भएको छ । काठमाण्डौमा व्यावसायी आचार्यले संघीय संसद अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधनको विषयमा शोक जनाउन संघले बिहीबार आधादिन आ–आफ्नो व्यवसाय पशल, कलकारखमान बन्द गरेर शाक मनाउने घोषणा गरेको हो ।

संघले बुधबार साँझ आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यावसायलाई नै धरासायी हुने गरी ल्याईएको अव्यवहारिक नीतिका कारण व्यवसायीले आत्मदाह गर्ने अवस्था आएको बताए । उनले सरकारको ध्यानाकर्षण गर्न र स्व. आचार्यप्रति श्रद्धाञ्जली ब्यक्त गर्नको लागि बिहीबार आधादिन व्यवसाय बन्द गरी शोक मनाउने निर्णय भएको जानकारी दिए । सोही दिनत नेपालगन्जको धम्बोझी चोकमा शोकसभाको आयोजना गरिने पनि उनले जानकारी दिए ।

उनले स्व. आचार्यले उठान गरेका विषयहरु जायज रहेको भन्दै राज्यको अव्वहारिक नीतिका कारण अझै पनि अकल्पनिय घटना हुनसक्ने चेतावनी दिए । नीजि क्षेत्रलाई प्रताडित बनाउने नीतिमा सुधार ल्याउन उनले माग गरे ।

पत्रकार सम्मेलनमा संघका महासचिव चिरञ्जिवी ओली, कोषाध्यक्ष रामप्रसाद न्यौपाने, प्रवक्ता टंक धामी, सदस्य भिमबहादुर रानाभाटलगायतको उपस्थिति रहेको थियो

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ०१ बजे

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलामा ३ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र