८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

नेपाल एयरलाइन्सले टिकट बिक्री प्रभावकारी बनाउने


१२ माघ २०७९, बिहिबार  

585
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ ।

उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो ।

निगमको टिक बिक्री वृद्धि गर्नका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन् ।

त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन् । ‘ग्रोस फेयर्र’, न्यायोजित र सरलीकृत ढङ्गमा टिकटको बिक्री व्यवस्थापन गर्ने, ‘ग्रुप फेयर’, ‘भोइड’ टिकट ‘चार्ज फ्लाईट’ सम्बन्धी प्रभावकारी बनाउने विषयमा दुवै संस्थाका उच्च पदाधिकारीबीच छलफल भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ९ गते निगमको मुख्यालयको निरीक्षणका क्रममा आवश्यक निर्देशन दिँदै निगमको सेवालाई सुस्त र प्रभावकारी बनाउँदै र एक महिनाभित्र निगमको अनलाइन टिकटको व्यवस्थापन गर्न आग्रह गरेका थिए । निगमका प्रवक्ता खड्काका अनुसार आन्तरिकतर्फ यसअघि नै अनलाइन टिकट व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रियमा पनि निगमको बेवसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड होल्डरले टिकट काट्न सक्छन् । लोकल वालेटमार्फत टिकट काट्न सक्ने गरी यही जनवरी अन्तिमसम्म व्यवस्थापन गरिने निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ५७ बजे

आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद-उल-अजहा) अवसरमा

लापर्वाही गर्ने र अनावश्यक रूपमा ढिलाइ गर्ने व्यवसायीप्रति राज्य कडा रूपमा प्रस्तुत हुने

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या

असामान्य वर्षाः प्रि–मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

काठमाडौँ । यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक

दाङमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक

सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका