२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पर्यटकीय क्षेत्रको विकासमा लुम्बिनी प्रदेश सांसद खत्रीको चासो



नेपालगन्ज । लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनका लागि प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराएका छन् । बाँके ३ (१)बाट निर्वाचित सांसद खत्रीले बिहिवार गाभार भ्यालीका स्थानीयसँग छलफल गर्दै त्यस क्षेत्रको पर्यटनको सम्भावनाका विषयमा चासो व्यक्त गरेका हुन् ।

उनले प्रदेश सरकार मातहतको भवन डिभिजन कार्यालयका निमित्त प्रमुख रामआश्रय शाह सहित गाभर भ्याली पुगेर आगामी दिनमा गर्न सकिने योजनाका विषयमा स्थानीय बासिन्दासँग छलफल गरे । भवन डिभिजन कार्यालयले गाभरमा सडक निर्माण गर्दैछ । सांसद खत्रीले सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग आफुले आवश्यक समन्वय गरि काम अघि बढाउन सहयोग गर्ने बताए । उनले पर्यटकीय विकासका लागि पर्यटन कार्यालयसँग आवश्यक सहकार्य गरि अघि बढ्ने पनि बताए ।

वडा अध्यक्ष रुपबहादुर मल्ल सहितका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सांसद खत्रीले गाभरको पर्यटकीय विकासका लागि आफुले सक्दो पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ३१ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३