६ भदौ २०८३, शनिबार | August 22, 2026

नयाँ वर्षमा समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी : मुख्यमन्त्री गिरी



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताएका छन ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएकाले परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका उल्लेख गरेका छन ।

सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री गिरीको सन्देशमा उल्लेख छ । संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको उनको भनाइ छ ।

“पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ यतिबेला स्थायी राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौँ । जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्ध छ । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि सङ्कल्पित छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ३६ बजे

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु