८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

बाँकेमा नक्कली पत्रकारको बिगबिगी, पत्रकार बनेर व्यवसायीसँग खुल्लेआम बार्गेनिङ



काठमाडौं । आफूलाई मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले स्थानीय तथा साना व्यसायीहरुलाई पैसाको बार्गेनिङ गरेर दुःख दिएको पाइएको छ । तर उनी मिडिया नेपालको कुनै जिम्मेवारीमा नभएको स्वयं राप्रपाका नेताहरुले पनि बताएका छन् ।

सूचना विभागको दर्तामा हेर्दा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता पनि भेटिदैन भने उनले आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई ठगी गर्दा नेपालगञ्जका पत्रकारहरुलाई पनि समस्या पर्ने गरेको स्वयं त्यहाँ क्रियाशील पत्रकारहरु बताउँछन् । एक जना पत्रकारले भने ‘उनी आफूलाई राप्रपा निकट मिडिया नेपालको नेता भने पनि कुनै पनि संगठनमा नभएको र राप्रपाको नेताको आडभरोसामा गलत काम गरिरहेका छन् ।’ उनले भनेको एबीपी क्रामइन्युज नामको साइट सञ्चालन गरेर उनले गलत धन्दा गरेपछि केही समय पहिला पनि प्रहरी हिरासतमा पुगेका थिए ।पत्रकारको काम समाचार लेख्ने हो । पैसाको वार्गेनिङ गर्ने होइन, पत्रकारिताको मूल्य मान्यताविपरित उनले मल्ल आफैले कुनै सूचना प्राप्त गरे भने टिमसहित पुग्ने गरेको र त्यहाँ उनले पैसाको बार्गेनिङ गरेर असुल्ने गरेको भन्दै केही समय पहिला नेपाल पत्रकार महासंघ बाँकेले पनि विज्ञप्ति मार्फत उनको कर्तुतको भण्डाफोर गरेको थियो ।

अहिले बाँकेबाट संघीय संसदमा निर्वाचित धवल शमसेर राणासँग नजिक भएको भन्दै डरधाक दिएर उनले असुली गर्ने गरेको मध्यपश्चिम पानी उद्योगका प्रोप्राइटर उदीतबाबु रेग्मीले बताए । उद्योगले उत्पादन गरेर बजारमा गइसकेको पानीमा केही दिन अघि कालो पदार्थ (लेउ) देखिएको थियो ।

सोही बोतल लिएर उनी पानी उद्योगमै आएर भिडियो बनाएर बार्गेनिङ गरेको पीडित रेग्मीले बताए । उनले भने ‘केही समय पहिलाको घटना हो, सुरुमा आएर भिडियो खिचे, पछि तपाईंहरुको भिडियो मेटाइदिन्छौं, वार्षिक २ लाख रुपैयाँ दिनुस भनेर भने । आशिश आफूसँगै गएपनि पैसाको बार्गेनिङ गर्न उनले आफ्ना कर्मचारीलाई लगाउने गरेका छन् ।

सोमबार नेपालगञ्जको रोयल क्याफेमा रेग्मीलाई बोलाएर मल्ल र उनका सहयोगीले दाइ मिल्न पर्छ, म हजुरलाई विज्ञापनको प्लान पठाउँछु, त्यसै अनुसार गर्नुभयो भने भिडियो डिलिट गर्छु तपाईले बर्षको २ लाख रुपैयाँ दिनुपर्छ भनेका थिए ।

उद्योग सञ्चालक रेग्मीले विज्ञापन गर्न सकिँदैन, अहिले पानीको सिजन पनि होइन, भनेर जवाफ दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।

उक्त भिडियोमा पानी उद्योगका सञ्चालक रेग्मीले मानवीय त्रुटीका कारण गल्ती भएको स्वीकार गर्दै कानुनी प्रक्रिया अनुसार जाने जवाफ पनि दिएका छन् । फलस्वरुप नेपालगञ्जबाट आज सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी सहितको टोली पुगेर अनुगमन गरेको छ । अनुगमनका क्रममा केही कुराहरु सुधार गर्नका लागि निर्देशन दिएको र निर्देशन पालना भएपछि उद्योगले उत्पादन सुरु गर्ने रेग्मीले जानकारी दिए ।

उनले आफू कानुन पालनाका सवालमा प्रष्ट रहेको बताउँदै कानुन अनुसार हुने कारबाही भोग्न पनि तयार रहेको बताउँदै काम गर्दा कहिलेकाँही गल्ती हुने स्वीकार गरे । तर, पत्रकारितको नाममा यसरी गुण्डागर्दी गर्नेहरुलाई सरकारी निकायले पनि कानुनी दायरामा ल्याउनका लागि माग गरेका छन् ।

पत्रकार भन्दै ठगी गर्ने मल्ल प्रहरीसँग पैसा वार्गेनिङ गरेको अभियोगमा पक्राउ परिसकेका हुन् भने उनका यस्ता कर्तुतबारे बाँके प्रहरी पनि राम्रोसँग जानकार रहेको बताए ।

यता, राप्रपाका सांसद धवल शमसेर राणाले मल्ललाई आफूले चिने पनि उ आफ्नो संगठनको मान्छे नभएको बताएका छन् । उनले भने ‘मल्ल मेरो मान्छे सान्छे कोही होइन, प्रहरीलाई भनेर समात्न लगाए हुन्छ ।’

यस्तै, मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले आशिष मल्ल बाँके जिल्लामा कुनै पनि पदमा नरहेको बताए । उनले यस्ता घटनाले संगठन पनि बद्नाम गर्ने भएकाले यसबारे जिल्लास्तरका नेताहरुसँग बुझ्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ४३ बजे

तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान

आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद-उल-अजहा) अवसरमा

लापर्वाही गर्ने र अनावश्यक रूपमा ढिलाइ गर्ने व्यवसायीप्रति राज्य कडा रूपमा प्रस्तुत हुने

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या

असामान्य वर्षाः प्रि–मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

काठमाडौँ । यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक