४ भदौ २०८३, बिहिबार | August 20, 2026

टरिगाउँ विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै



तुलसीपुर । दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज ९शुक्रबार० परीक्षण उडान गर्ने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो । “शुक्रबारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ”, उनले भने, “निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ ।”

ठूलो सङ्घर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको हो । उपप्रमुख चौधरीले अहिले धावनमार्गको डिपिआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको बताए । उनले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरी आफूले तयारी गरेको बताए । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ । सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो ।

हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो । हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर भाडा भने घट्न सकेको छैन । हाल दाङबाट काठमाडौंको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौंबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ ।

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ५६ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब