१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । बिहीबार ७०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ह्वात्तै  घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कायम भएको छ  । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ६हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । बिहीबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ३८ बजे

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलामा ३ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र