२२ असार २०८३, सोमबार | July 6, 2026

विमान दुर्घटनामा मृतक पत्रकारप्रति सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरिन् । पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उनको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिइन् । उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गरिन् ।

मन्त्री शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले पत्रकारद्वयको व्यक्तिको बारेमा चर्चा गरेका थिए ।

सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : १९ बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका