४ भदौ २०८३, बिहिबार | August 20, 2026

बजेटको अर्धवार्षिक समीक्षाको तयारी



काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार समितिले गत पुस मसान्तसम्मको बजेट समीक्षाको प्रतिवेदन पेश गर्नुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालुु आवको बजेटको समीक्षा गर्नेछ ।

बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनकि ऋण व्यवस्थापन कार्यालयबाट एक÷एक जना प्रतिनिधि, अर्थमन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य रहेका छन् ।

मन्त्रालयअन्तर्गतका विभिन्न शाखाका आठरआठ जना सहसचिव र उपसचिव उक्त समितिको सदस्य रहेका छन् । सरकारले चालु आवका लागि रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कूल विनियोजनमध्ये चालुतर्फ रू सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव दुई प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव आठ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत बेहोर्न आन्तरिक राजस्वबाट रू १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट रू ५५ अर्ब ११ करोड, वैदेशिक ऋणबाट रू दुई खर्ब ४२ खर्ब २६ करोड र रू दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कूल रू चार खर्ब ९८ अर्ब ४६ करोड बराबर ऋण लिइने उल्लेख छ ।

गत आर्थिक वर्षमा रू १६ खर्ब ३२ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरिएकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको बनाइएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : १६ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब