३ आश्विन २०८३, शनिबार | September 20, 2026

देवदह नगरपालिका र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता



बुटवल । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार,ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।

नगर प्रमुख ध्रुव खरेल, नगर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संज्ञा सेन सहितको टोली तथा वीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली र उपसचिव बाबुराम खनालबीच शुक्रबार बीमा बोर्डको कार्यालयमा सम्झौता पत्र आदानपत्र भएको छ । स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता भएको हो ।

बोर्डसंग सम्झौता भएपछि अब बोर्डले अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रमका विषयमा जानकारी गराउने, कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दावी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराएपछि फागुन १ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने नगर प्रमुख खरेलले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तह मध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य वीमा गर्ने देवदह पहिलो स्थानीय तह हो । नगरपालिकाले गत असोज १० गते १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो ।

वीमा कार्यक्रम लागु भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने छन् । यसवाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटि स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।

नगर अस्पतालले बीमितको क्रियाशील अवधिभित्र नियमावलीमा उल्लेख भए बमोजिमको सुविधा थैली अन्तर्गतका सेवा प्रदान गर्नुपर्ने, उपचार सेवा दिँदा राष्ट्रिय उपचार संहिता ( प्रोटोकल) को अनुसरण गर्नु पर्ने,दावी भुक्तानी बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत गर्नु पर्ने लगायतका नियम पालना गर्नुपर्नेछ । सम्झौताको अबधि पाँच वर्षको हुनेछ ।

५ वर्षभित्र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउनसबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको नगर प्रमुख खरेलले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरेका छन् ।स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुंदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए ।

नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन कार्यरत छन् । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : १४ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब