३ आश्विन २०८३, शनिबार | September 20, 2026

गृहनगरमा अभिनन्दित भए गायक कन्हैया



नेपालगन्ज । नेपालगन्जमा जन्मेर अन्तराष्ट्रिय क्षेत्रमा नेपाली गीतसंगितका माध्यमबाट चर्चा कमउन सफल गायक कन्हैयासिंह परियारलाई उनकै गृहनगर नेपालगन्जमा अभिनन्दन गरिएको छ । हाल अमेरिका बस्दै आएका परियारलाई नेपालगन्ज उपमहानगर सहित बाँकेका बिभिन्न संघसंस्थाहरुले अभिनन्दन गरेको हो ।

‘नेपालगन्ज बजारैमा’ गीत गाएर चर्चामा आएका गायक परियारले नेपाली सुगम संगीतका दर्जनौ कर्णप्रिय गीत गाएका छन् । राष्ट्रपति विद्या भण्डारीबाट प्रदान गरिएको नातिकाजी संगीत सम्मान ग्रहण गर्न नेपाल आएको अवसर पारि परियारलाई गृहनगरले अभिनन्दन गरेको हो ।

शुक्रबार क्रियटिभ ह्यान्डस्ले वरिष्ठ गायक तथा संगीतकार परियारलाई सम्मान गरेको हो । नेपालगन्जमा जन्मिएका परियारले तत्कालिन सिमित प्रविधि, सिमित साधानस्रोत, आर्थिक अभाव र प्रशिक्षकपुस्ता नभएको समयमा लोक, पप र आधुनिक नेपाली सुगम संगीतका क्षेत्रमा अनुकरणीय योगदान गरेको भन्दैं अभिनन्दन गरेको हो ।

अमेरिकामा रहँदा पनि उनले नेपाली गीत संगीतको क्षेत्रको विकासमा सक्रिय भएर योगदान दिदैं आएका छन् । उनलाई नेपाल सरकारले पनि नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।

नेपालगन्जमा आयोजित कार्यक्रममा उनलाई बाँके क्षे नम्बर १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, नेपालगन्ज उप–महानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उप–महानगरपालिका निर्वतमान उपमेयर उमा थापा लगायतले अभिनन्दन गरेका थिए ।

संगीत क्षेत्रमा परियारले गरेको योगदान र निरन्तरतालाई सम्मान गर्दै सम्पुर्ण नेपालगन्जवासीको तर्फबाट अभिनन्दन गरेको क्रियटिभ ह्यान्ड्सका संस्थापक एवम अभिनन्दन समिति संयोजक टीएस ठकुरीले बताए । कार्यक्रममा नेपालगन्जका चर्चीत साहित्यकार, कथाकार र कलाकारहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : १३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब