१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गृहनगरमा अभिनन्दित भए गायक कन्हैया



नेपालगन्ज । नेपालगन्जमा जन्मेर अन्तराष्ट्रिय क्षेत्रमा नेपाली गीतसंगितका माध्यमबाट चर्चा कमउन सफल गायक कन्हैयासिंह परियारलाई उनकै गृहनगर नेपालगन्जमा अभिनन्दन गरिएको छ । हाल अमेरिका बस्दै आएका परियारलाई नेपालगन्ज उपमहानगर सहित बाँकेका बिभिन्न संघसंस्थाहरुले अभिनन्दन गरेको हो ।

‘नेपालगन्ज बजारैमा’ गीत गाएर चर्चामा आएका गायक परियारले नेपाली सुगम संगीतका दर्जनौ कर्णप्रिय गीत गाएका छन् । राष्ट्रपति विद्या भण्डारीबाट प्रदान गरिएको नातिकाजी संगीत सम्मान ग्रहण गर्न नेपाल आएको अवसर पारि परियारलाई गृहनगरले अभिनन्दन गरेको हो ।

शुक्रबार क्रियटिभ ह्यान्डस्ले वरिष्ठ गायक तथा संगीतकार परियारलाई सम्मान गरेको हो । नेपालगन्जमा जन्मिएका परियारले तत्कालिन सिमित प्रविधि, सिमित साधानस्रोत, आर्थिक अभाव र प्रशिक्षकपुस्ता नभएको समयमा लोक, पप र आधुनिक नेपाली सुगम संगीतका क्षेत्रमा अनुकरणीय योगदान गरेको भन्दैं अभिनन्दन गरेको हो ।

अमेरिकामा रहँदा पनि उनले नेपाली गीत संगीतको क्षेत्रको विकासमा सक्रिय भएर योगदान दिदैं आएका छन् । उनलाई नेपाल सरकारले पनि नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।

नेपालगन्जमा आयोजित कार्यक्रममा उनलाई बाँके क्षे नम्बर १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, नेपालगन्ज उप–महानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उप–महानगरपालिका निर्वतमान उपमेयर उमा थापा लगायतले अभिनन्दन गरेका थिए ।

संगीत क्षेत्रमा परियारले गरेको योगदान र निरन्तरतालाई सम्मान गर्दै सम्पुर्ण नेपालगन्जवासीको तर्फबाट अभिनन्दन गरेको क्रियटिभ ह्यान्ड्सका संस्थापक एवम अभिनन्दन समिति संयोजक टीएस ठकुरीले बताए । कार्यक्रममा नेपालगन्जका चर्चीत साहित्यकार, कथाकार र कलाकारहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : १३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम