२८ असार २०८३, आइतबार | July 12, 2026

कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ लोक गायक कमल बि.के.निर्मोहीलाई प्रदान



नेपालगन्ज । यसवर्षको कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई प्रदान गरिएको छ ।काठमाडौंमा आज सम्पन्न स्वरमाधुरी अन्जना गुरुङ एकल साँझ सहितको विशेष कार्यक्रममा सो पुरस्कार निर्मोहीलाईप्रदान गरिएको हो ।

५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ लोक गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए । लोक गायक निर्माही बिरामी रहेका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ भएको संयोजक शाहले बताए ।

निर्मोही दुबै मिर्गौला फेल भएर उपचारार्थ छन् । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, पुरस्कारका संस्थापक सुप्रसिद्ध गायक(गायिक कन्हैया सिंह परियार र अञ्जना गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । उक्त पुरस्कार निर्मोहीको निवास नेपालगञ्जमै आएर हस्तान्तरण गरिने संयोजक शाहले बताए ।

वरिष्ठ गायिका अञ्जना गुरुङलाई गत बुधबार मात्र ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको थियो । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबीच मिलाप मासिकले उनलाई ‘स्वरमाधुरी’ सम्मान प्रदान गरेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ४९ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै