२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘फुलवारी’ हेरिदिने दर्शक बोलाउन चलचित्र कलाकारहरु बुटवल पुगे



बुटवल । नयाँ निर्माण भएको चलचित्र प्रचार प्रसार अभियानका देश दौडाहा निस्केको नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवल पुगेर आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका छन् ।

फागुन ५ गते देखि प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि देश दौडाहामा निस्केका चलचित्रका कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, गायक कालिप्रसाद बास्कोटा निर्माता मनिष ढकालसहित कार्यकारी निर्माता मनिराम पोखरेलको टिम बुटवल पुगेको टोलीले पत्रकार सम्मेलन गर्दै आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका हुन् ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आय‍ोजनामा भएको पत्रकार भेटघाटमा उनीहरुले पारिवारीक कथामा आधारित चलचित्रमा दैनीक जीवनमा घरघरमा घट्ने घट्नाहरुलाई उजागर गरिएको बताए । उनीहरुले फुलवारी परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न मिल्ने चलचित्र भएको दाबी गर्दै सबैले भोगेको साना सना कुरामा घरमा देखिने शंका उपशंकालाई कथामा उतार्न खोजिएको बताए ।

यशोधा फिल्मको ब्यानर, कमलकिशोर मालपानीको कथा र रामबाबु गुरुङको निर्देशनमा फिल्म निर्माण भएको निर्माता मनिष ढकालले बताए । वतर्मान नेपाली घरघरको कथा नै फुलबारी भएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्माता मनिराम पोखरेलले काठमाडौ पछिको सबैभन्दा धेरै ईभेन्ट हुने स्थानका रुपमा परिचय बोकेको बुटवलमा चलचित्रको राम्रो दर्शक रहेको बताए ।

कलाकार विपिन कार्कीले सधै कला क्षेत्रमा आफू नयाँ भुमिका गर्न खोज्ने बताउँदै फुलवारीमा पनि नयाँ क्यारेक्टर पाउदा फिल्म खेल्न तयार भएको बताए । ‘जयनारायण सरको रिटार्ड मास्टरको भुमिकामा देखिने छु ।’ – उनले भने । परिवार बिनाको मानिसको कल्पना गर्न नसकिने भन्दै यहि पारिवारिक कथा चलचित्रमा रहेको हुदा दर्शकले मन पराउनेमा आफू आशावादी रहेको बताए ।

कार्यक्रममा नायिका प्रियंका कार्कीले विभिन्न पात्रहरुले परिवारको सदस्यहरुको बिचमा हुने जिवन्त सम्बन्धलाई चलचित्रमा देखाउन खोजिएको बताइन् । ‘हाम्रो नेपाली कथा हो ।’ -उनले भनिन् । फुल फेमिली ड्रामा चलचित्रमा रहेको बताउँदै उनले यसले एउटा सन्देश दिन खोजेको समेत बताईन् । फुलबारी नाम अनुसार नै सबै पात्रहरु फरकफरक फुलहरुको कलालाई देख्न सकिने उनको भनाई छ। ससाना विषयमा हुने विवाद, संवाद, मनमा बिझाउने खालको फिल्म बनेको उनले दाबी गरिन ।

बुटवलबाट प्रोमोशन शुरु गरेको टिमले नेपालका मुख्य पाँच स्थान पोखरा, चितवन, ईटहरी, बिर्तामोड पुग्ने छ । कार्यक्रम चलचित्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षता र सचिव विकाश गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १ : १५ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको