२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नागरिकता निकाल्न रवि लामिछाने जिल्ला प्रशासन जाँदै



काठमाडौं । सर्वोच्चको फैसलाबाट अनागरिक बनेका रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । अनागरिक बनेपछि मौन बसेका उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको बताइएको छ ।

विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारीमा उनी रहेको रवि निकट स्रोतले जनाएको छ । सम्भवत उनले आज १२ बजे सम्ममा नागरिकता पाउने छन् । प्रशासनमा अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गरेपछि नागरिकता प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले बताए ।

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। अदालतको आदेशसँगै उनका सबै पद खोसिएको छ ।

नागरिकता प्रकरणको फैसला आएपनि रवि विरुद्ध अमेरिकी नागरिकता कायम रहेका बेला नेपालबाट निकालेको राहदानी, अदालतले अबैध ठहर गरेको नागरिकता प्रयोग गरेर रविले भए गरेका काम कारवाहीका मुद्दा भने कायम रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : २८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा