२२ असार २०८३, सोमबार | July 6, 2026

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक



जनकपुरधाम । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवको छ महिनाको अवधिमा चालु तथा विकास खर्च रु तीन अर्ब ६६ करोड ९५ लाख ६५ हजार छ सय ७० खर्च गरेको छ भने अब बाँकी रहेका महिनामा रु ४३ अर्ब २१ करोड १३ लाख ८० हजार तीन सय २९ खर्च गर्नुपर्ने अवस्था छ ।

प्रदेश सरकारले चालु आवका लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार थियो । वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड ६४ लाख ५६ हजार दुई सय बजेट विनियोजन गरिएको थियो ।

कोलेनीका प्रमुख गिरीले खर्च भएको रकममध्ये अधिकांश बजेट चालुतर्फ खर्च भएको जानकारी दिए । उनकाअनुसार चालुतर्पmको खर्चमा कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालन रहेको छ । खास गरेर तीनै तहका निर्वाचनसहितका विभिन्न कारणले यसपटक विकास खर्चको अवस्था निराशाजनक रहेको प्रदेश सरकारको दाबी रहेको छ ।

मन्त्रालयगतरुपमा हेर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छ महिनाको अवधिमा रु छ करोड तीन लाख १४ हजार दुई सय ६३ बजेट खर्च गरेको छ भने अर्थ मन्त्रालयले रु तीन करोड ३७ लाख ३१ हजार ३३ खर्च गरेको छ ।

यस्तै उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालयले रु ३८ करोड ३६ लाख ४२ हजार पाँच सय ५९ बजेट खर्च गरेको छ भने कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले रु एक करोड चार लाख २३ हजार एक सय ९९ खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १३ करोड ४२ लाख ९४ हजार नौ सय ४० खर्च गरेको छ भने खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले रु २५ करोड ८२ लाख ९४ हजार पाँच ५८ खर्च गरेको छ । गृह तथा सञ्चार मन्त्रालयले रु पाँच करोड १८ लाख ८२ हजार दुई सय ८२ खर्च गरेको छ ।

वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले यस अवधिमा रु २८ लाख ६८ हजार एक सय ४८ खर्च गरेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक अर्ब एक करोड दुई लाख ३४ हजार पाँच सय ५३ खर्च गरेको छ । सबैभन्दा बढी बजेट यसै मन्त्रालयमा रहेको छ ।

महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले रु दुई करोड ९६ लाख ३३ हजार २३ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ३९ करोड ७८ लाख ८७ हजार दुई सय ७४ खर्च गरेको छ भने प्रदेशसभाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा रु चार करोड ६४ लाख ६५ हजार तीन सय पाँच खर्च गरेको छ । प्रदेश लोकसेवा आयोगले रु एक करोड ६७ लाख सात हजार दुई सय ६२ खर्च गरेको छ ।

यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालयले रु एक करोड एक लाख १२ हजार चार सय ६४ खर्च गरेको छ भने प्रदेश नीति तथा योजना आयोगले रु २५ लाख ३९ हजार पाँच सय ९७ खर्च गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ३५ बजे

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको