७ आश्विन २०८३, बुधबार | September 23, 2026

रवि लामिछानेले पुनः लिए नागरिकता



काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका छन् ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए ।

प्रक्रिया पुरा गरेर लामिछानेलाई नागरिकताको प्रमाणपत्र दिइसकेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले प्रयोग गर्दै आएको नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै पुनः प्राप्ति गर्नुपर्ने फैसला गरेको थियो । सोही फैसलाअनुसार लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेको निस्सा प्रशासनमा बुझाएका थिए । खत्रीकाअनुसार लामिछानेको २०५० सालमा लिएको नागरिकता नम्बर नै प्राप्त गरेका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई