५ पुस २०८२, शनिबार | December 20, 2025

रवि लामिछानेले पुनः लिए नागरिकता



काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका छन् ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए ।

प्रक्रिया पुरा गरेर लामिछानेलाई नागरिकताको प्रमाणपत्र दिइसकेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले प्रयोग गर्दै आएको नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै पुनः प्राप्ति गर्नुपर्ने फैसला गरेको थियो । सोही फैसलाअनुसार लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेको निस्सा प्रशासनमा बुझाएका थिए । खत्रीकाअनुसार लामिछानेको २०५० सालमा लिएको नागरिकता नम्बर नै प्राप्त गरेका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको