६ माघ २०८२, मंगलबार | January 20, 2026

लुम्बिनीमा शून्य पोलोथिन अभियान शुरु



लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रीनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ । आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताए ।

सांसद घिमिरेले यसअघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शुन्य खुला पोलिथिनमुक्त नगर बनाउन एक लाख बढी नगरबासीलाई सरसफाई अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पारे । उनले लुम्बिनीपछि रुपन्देही क्षेत्र नं. ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलोथिन बनाउन पहल गर्ने स्पष्ट पारे ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएकाले शून्य पोलोथिन अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे । अभियानलाई सफल बनाउन ‘माई पकेट : माई फष्ट डष्टबिन’ अवधारणालाई लुम्बिनीमा पनि कार्यान्वयन गराइनुपर्नेमा उनको जोड छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकोले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै यो अभियानमा विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यवसायिक संघसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाई अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने जानकारी दिइन । ग्रीनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथैं फोहोर संकलन, फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने बताउँदै यो अभियानमा सबैको सहयोग आवश्यक रहने बताइन ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, सरसफाई अभियान्ता उपेन्द्र अधिकारी, मुक्तिनाथ गैह्रे लगायतले बुद्ध जन्मस्थल लुम्बिनीलाई पोलिथिन शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ४१ बजे

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा