१६ असार २०८३, मंगलबार | June 30, 2026

माघको अन्तिम साता नेशनल प्याब्सन खेल महोत्सव हुने



बुटवल । निजि तथा आवासिय बिद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माघको अन्तिम साता खेलकुद महोत्सव गर्ने भएको छ ।

नेशनल प्याब्सन अन्तरगतका बिद्यालयका बिद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्न माघको माघ २८ र २९ गते नवौँ नेशनल प्याब्सन खेलकुद महोत्सव २०७९ गर्ने भएको हो ।

नेशनल प्याब्सन रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका नेशनल प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुको शारीरिक, बौद्धिक तथा सृजनात्मक क्षमतालाई अभिबृद्धि गर्ने कार्यतालिका अनुसार खेलकुद महोत्सव गर्न लागिएको नेशनल प्याब्सनका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिए । उनले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने खेलकुदको माध्यमबाट विद्यालय तथा विद्यार्थीहरुबिच आत्मियता र मेलमिलापको भावना जागृत गराउने तथा खेलमा रुची राख्ने विद्यार्थीहरु प्रोत्साहित गर्न हरेक वर्ष खेल महोत्सवको रुपमा मनाउँदै आइरहेको अध्यक्ष बस्यालले बताए ।

विगत केही वर्षदेखि कोभिड १९ को कारण खेलकुद कार्यक्रम नियमित हुन नसकेको र यस वर्षदेखि पुनः खेलकुद कार्यक्रमलाई निरन्तरता दिन गइरहेको समेत उनले जानकारी गराए । माघ २८ र २९ गते दुई दिनमा खेलकुद कार्यक्रम सम्पन्न गर्न नेशनल प्याब्सनका सहसचिव बिनोद थापा मगरलाई कार्यक्रम सम्योजकको जिम्मेवारी दिईएको सचिव बाबुराम बन्जाडेले जानकारी दिए ।

नवौँ खेलकुद महोत्सवमा सव जुनियर, जुनियर, सिनियर गरि तीन समूहमा विद्यार्थीहरुलाई विभाजन गरि एथलेटिक्सका विभिन्न खेलहरु र टेबल टेनिस लगायतका खेल सञ्चालन गरिने कार्यक्रम सम्योजक बिनोद थापा मगरले जानकारी दिए । खेलकुद कार्यक्रममा सबै समूहतर्फ गरि १२०० भन्दा बढी विद्यार्थीहरु प्रतियोगिको रुपमा सहभागिता रहने संयोजक थापाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४४ बजे

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा

सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले