२३ असार २०८३, मंगलबार | July 8, 2026

भूकम्प आउने हल्लाले जुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर जाग्राम



काठमाडौं । भूकम्प आउने हल्ला चलेपछि जुम्ला, मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन् ।

भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए ।

महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे ।​ सिमिकोटका नवराज महताराले भूकम्पको हल्ला गर्दै जुम्ला, मुगु र बाजुराका मानिसलाई चिसोमा रातभर घर बाहिर बसाइएको बताए । उनले यसरी हल्ला फैलाउनेलाई कारबाहीका लागि प्रशासनलाई नागरिकले सघाउनुपर्ने उल्लेख गरेका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए । ‘रातभर फोनले हैरान पार्‍यो । मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने ।

उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए । भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : २१ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको