८ बैशाख २०८१, शनिबार | April 20, 2024

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक



काठमाडौं । स्थायी समिति बैठकको नियमित कायूसूचीलाई स्थगित गरेर नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो। बैठकमा हाल रिक्त रहेको गृहमन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुनः दाबीका विषयमा छलफल भैरहेको छ । लामिछानेको नागरिकता अवैध भएपछि सर्वोच्चको आदेशअनुसार मन्त्रीपदबाट बाहिरिएका लामिछानेले नागरिकता पुनः प्राप्ति गरेपछि सोही पदको दाबी गरेका छन् ।

यस्तै बैठकमा हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल, राष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा पनि छलफल भैरहेको छ ।

पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी तयार पारिएको योजनामा समेत छलफल हुँदैछ । पदाधिकारी बैठकबाट पारित भएको योजना स्थायी समिति र त्यसपछि केन्द्रीय समितिमा लैजाने तयारी छ ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : १८ बजे

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले