१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

माओवादीको निस्कर्ष – विगतको गल्ती स्वीकार्दै वामपन्थी एकताको अध्याय सुरू



विगतको गल्ती स्वीकार्दै वामपन्थी एकताको अध्याय सुरू भयोः माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्वीकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले विगतमा वामपन्थी एकता भंग गर्नु गलत भएको स्वीकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्वीकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठक पछि माओवादी नेता देवेन्द्र पौडेलले भने ।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग देखिएको समस्या र नयाँ गठबन्धन बन्नुका कारणबारे नेताहरुलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : २९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा