५ भदौ २०८३, शुक्रबार | August 21, 2026

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो ।

आवेदन पर्नेमा सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीइओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी रहेको बैंकले जनाएको छ ।

यसैगरी, बद्री गुरागाँई, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाई, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको सीईओका लागी आवेदन परेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई सर्ट लिष्टिङ गरी अन्तर्वार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।

यसअघि बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो । त्यसलगत्तै सीईओका लागि बैंकले पुस २५ गते विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : ४० बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको