४ बैशाख २०८१, मंगलबार | April 16, 2024

राष्ट्रिय योजना आयोग सदस्यमा ज्ञवाली, शाक्य र महत



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

एमाले कोटाबाट नियुक्त भएका ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए भने शाक्य पूर्व राजदूत हुन् । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यस अघि नै योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : १७ बजे

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका