८ पुस २०८२, मंगलबार | December 23, 2025

तिलोत्तमा नगरपालिकाको आवधिक योजना सम्बन्धि अन्तरक्रिया सम्पन्न



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आवधिक योजना निर्माण सम्बन्धी सुझाव संकलन तथा विकासका प्राथमिकता बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको समग्र बिकास र दिगो बिकास लक्ष्य प्राप्तिका लागि योजना तथा नीति निर्माण गर्ने आशय सहित कार्यक्रम नगरपालिकाको सभाहल कुञ्जलापुरमा सम्पन्न भएको हो ।

अहिलेसम्म सम्पन्न योजनाको समिक्षा तथा आगामी योजनाहरुलाई प्राथमिकरण गरी पञ्चवर्षिय योजना निर्माण गर्न कार्यक्रमको आयोजना गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए ।

नगर प्रमुख खाणका अनुसार आवधिक योजना निर्माण गर्न वडा तहबाटै कार्यपालिका सदस्यहरुलाई सहभागी गराई नगरको समग्र विकासको खाका तयार गर्ने र आगामी ५ वर्षको एकीकृत योजना निर्माण गरी सोहि अनुसार पालिकाले नीति तथा कार्यक्रमहरु संचालन गरिने छ ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले समग्र नगरको विकासको निम्ति सफल र उत्कृस्ट योजना र नीति आवश्यक पर्ने हुनाले त्यसको लागि अन्तरक्रियाले ठुलो भूमिका खेल्ने बताइन । सो कार्यक्रममा अतिथिहरुलाई स्वागत र कार्यक्रमका बारे बताउदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सेवा सहजता र स्थानिय स्रोत साधनको उचित प्रयोग गरी स्थानियतहमै विकासको खाका कोरेर अगाडी बढे मात्र नगर समृद्ध बन्ने कुरा व्यक्त गरे । उनले दिगो बिकास लक्ष्य प्राप्तिका लाइ आवधिक योजना कोशेढुंगा साबित हुने बताए ।

नगरप्रमुख खाणको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा जिआइटी एक्स्पर्ट सुनिल लम्साल, अर्थशास्त्री केशव भट्टराई, रिजनल प्लानर मन्दु अधिकारी, सहकारी बिकास बिज्ञ बि के महर्जन, अलाना इण्टरनेशनलका बजार व्यवस्थापक कृष्ण लेकाली लगायतको आतिथ्यता रहेको छ ।

त्यस्तै नगरको बृहत ५ बर्षे योजनाको लागि उपप्रमुख जगेश्वर देवी चौधरी, सबै वडा कार्यालयका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरुको उपस्थितिमा सो अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रमको संचालन नगरपालिकाका बैठक शाखा प्रमुख सिता भण्डारीले गरेकी थिइन ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : २२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना