४ चैत्र २०८२, बुधबार | March 18, 2026

रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन



बुटवल । रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । बुटवलमा सोमबार सम्पन्न भेलाले सुन्दर गहतराज अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा मुक्ति अधिकारी, सचिवमा मुक्तिप्रसाद भट्टराई, सहसचिवमा कृष्णमाया राना, कोषाध्यक्षमा काशिराम पौडेल, सदस्यहरुमा हरिहर श्रेष्ठ, माधव प्रधान, मिना जिसी, बाबुराम नेपाल रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा बालकुमारी भण्डारी, टेकबहादुर थापा, महेन्द्र थापा, बसन्तप्रसाद ढकाल, गणेश शर्मा, कानुनी सल्लाहकारमा खडानन्द भण्डारी र प्रेस सल्लाहकारमा कपिल ज्ञवाली रहेका छन् ।

प्रतिष्ठानका प्रदेश संयोजक काजिमान श्रेष्ठ तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस प्रदेश सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यमा भेला भएको हो । सो अवसरमा बोल्दै कांग्रेस नेतृ बालकुमारी भण्डारीले कांग्रेसलाई समयसापेक्ष चलाउनुपर्ने र शहिदहरुको सम्मानमा सधैँ लाग्नुपर्ने बताइन् ।

उनले रुपन्देहीका शहिदहरुको पहिचान गर्नुपर्ने बताइन् । प्रतिष्ठानका प्रदेश संयोजक काजिमान श्रेष्ठले रुपन्देहीमा सबैसहिद अटाउनेगरि शहिद स्मृति पार्क निर्माणका लागि पहल गर्ने बताए ।

कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सचिव बिमलराज भट्टराईले नेपालमा अझै पनि उन्नत लोकतन्त्रआएको अनुभुति नभएको बताए । उनले बुटवलको पहिचान झल्कने काम गर्नका लागि बृहद योजनासहितको साझा सहिदपार्क बनाउनुपर्ने बताए ।

सल्लाहकार टेकबहादुर थापा, महेन्द्र थापा लगायतले बोल्दै शहिदहरूको खोज अनुसन्धान, परिवारको सम्मान, शालिक निर्माण गर्नुपर्ने बताए ।

प्रतिष्ठानको पहिलो बैठकले रुपन्देहीको उपयुक्त स्थान छनौट गरि चार शहिदको शालिक र जिल्लामा विभिन्न आन्दोलनमा ज्यान गुमाएकासबैलाई समेटेर शहिद स्मृति पार्क निर्माणकालागि पहल गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले माघ १६ गते सहिददिवसको अवसरमा शहिदप्रति श्रद्धाञ्जली तथा प्रथम भेला गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : ३३ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले