७ आश्विन २०८३, बुधबार | September 23, 2026

ज्ञापनपत्र बुझाउँदै माधव नेपालले प्रचण्डलाई भने – बाँच्न धौ धौ भयो, महंगी नियन्त्रण गर्नुस



काठमाडौं । नेकपा एकीकृत समाजवादीले महंगी नियन्त्रण गर्न माग गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । उनको ज्ञापनपत्रमा महंगी बढेर जनतालाई बाँच्न धौ धौ भैरहेको उल्लेख गरिएको छ ।

देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको भन्दै ज्ञापनपत्रमा मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको जनाइएको छ ।

महंगी बढ्दै जाँदा जनतामा चरम निराशा फैलिएको र राजनीतिप्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको ठहर छ । ज्ञापनपत्रमा लेखिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ।’

एकीकृत समाजवादीले देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन आग्रह समेत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न पनि एकीकृत समाजवादीले माग गरेको छ ।

एकीकृत समाजवादी प्रचण्ड सरकारलाई विश्वासको मत दिएपनि प्रतिपक्षमा बसिरहेको छ । ज्ञापनपज्ञ बुझाउन अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु पुगेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई