६ माघ २०८२, मंगलबार | January 20, 2026

दूधको मूल्य बढाउन चितवनका किसानको माग



भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाए ।

चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ । अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको सङ्घका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताए।

उनले उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रतिलिटर दूधमा रु आठदेखि दश घाटा बेहोर्नुपरेकाले दूधको मूल्य बढाएर प्रतिलिटर न्यूनतम रु ७० बनाउन माग गरे । पछिल्लो समय सरकारले विसं २०७८ माघ १६ गते दूधको मूल्य बढाएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : २७ बजे

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल र कांग्रेसबाट चुन्नु पौडेलको उम्मेदवारी दर्ता

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका