३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री प्रचण्डलाई भेटे रवि लामिछानेले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

गत शुक्रबार नागरिकता प्रकरणका कारण सर्वोच्चको फैसलाबाट सांसदपदसहित उपप्रधान एवं गृहमन्त्री गुमाएका लामिछाने पुनः सोही पदमा फिर्ता हुन प्रधानमन्त्रीसँग बारम्बार भेट गरिरहेका हुन् ।

आइतबार नागरिकताको नयाँ प्रमाणपत्र लिएसँगै एकैदिन पार्टीसदस्यता हासिल गर्दै पुनः सभापतिमा चयन भएका लामिछानेले उपप्रधानसहित गृहमन्त्रालयमै फर्किनका लागि लविङ बढाएका हुन् ।

गैरसांसदको रुपमा गृहमन्त्रालय छिर्न खोजेका उनीमाथि लागेको राहदानी दुरुपयोगको आरोपको विषय भने बाँकी नै छ । अहिले पुनः मन्त्रालयमा फर्केर ६ महिनाभित्र हुने उपनिर्वाचनमा विजयी बनेर सांसद पद सुरक्षित गर्ने लामिछानेको लक्ष्य रहेको छ ।

हाल खाली रहेको गृहमन्त्रालयको जिम्मा प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । नेकपा माओवादीकेन्द्रका नेताहरुले अब गृहमन्त्रालय आफैले राख्नुपर्ने तर्क गरिरहेका छन् । तर, रास्वपाले भने गृहमन्त्रालय आफ्नो भागमा रहेको भन्दै तत्काल मन्त्री नियुक्त गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ३७ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय