११ भदौ २०८३, बिहिबार | August 27, 2026

चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले दुई सातामा आठ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

गत पुस २४ (८ जनवरी)मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुस (१३ जनवरी)मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

यसपछि उनले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । राजदूतको कार्यभार सम्हाल्न आएको एक सातापछि २ माघ ९१६ जनवरी०मा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

यसपछि उनले ४ माघ (१८ जनवरी)मा प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरे । सो भेटमा दुई देश तथा पार्टीबीचको सम्बन्धमा विषयमा कुराकानी भएको चिनियाँ दूतावासले जनाएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि ६ माघ (२० जनवरी)मा राजदूत सोङले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई एकैदिन भेटेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्धबारेमा विषयमा कुराकानी भएको जानकारी दिइएको थियो ।

देउवा, पौडेल र राईसँगको भेटेको एक सातापछि १५ माघ (२९ जनवरी)मा राजदूत सोङले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए । यसपछि १७ माघ (३१ जनवरी) राजदूत सोङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेका छन् ।

मंगलबार भएको सो भेटमा मन्त्री भण्डारीले ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा राजदूतको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको बताए ।

कार्यभार सम्हालेसँगै भएको राजदूत सोङको भेटवार्तालाई शिष्टाचार भनिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : ०४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि