७ आश्विन २०८३, बुधबार | September 23, 2026

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन



काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ ।

गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

यस्तै उक्त समितिले त्यहाँ आसपासमा सञ्चालन गरेका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । माघ २२ गतेसम्म चल्ने उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ ।

यस्तै, शालीनदी यातायातले बिदाको दिन शालीनदी भेला भर्न पुगेका भक्तजनलाई बज्रयोगीनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुई बस निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई