७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कालीगण्डकीको देवशीलालाई गोरखपुरबाट अयोध्या पठाइयो



गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो ।

धार्मिकविधि अनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले गोरखपुरमा देवशिलाको हबन पूजाआज गरेका थिए । मङ्गलबार राति गोरखपुरस्थित गोरखनाथ मन्दिरमा ल्याइएका शिलालाई स्थानीयवासीले स्वागत गरेका छन् । आज बिहान गोरखपुरमा गरिएको हबनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल भारतबीचको सांस्कृतिकसम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

उनले यो कार्य सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए ।

शिला बिदाई कार्यक्रममा गोरखनाथ मन्दिर प्राङ्गढमा स्थानीय तथा श्रद्धालुको उपस्थिति रहेको थियो । शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वरदास, राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलगायत हिन्दू स्वयम्सेवक सङ्घ, विश्वहिन्दू परिषद् नेपालका पदाधिकारीको सहभागिता रहेको छ ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते आइतबार शिला अयोध्यातर्फ पठाइएको थियो । शिला आज साँझ अयोध्या पुग्नेछ । त्यहाँ नेपालका तर्फबाट कांग्रेस नेता निधि र जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ४५ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ