४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न, मर्चेन्टहरुको उल्लेख्य सहभागिता



काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ । हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुले बैंकसँग सहकार्य गरिरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको