१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् कमल हासन



मुम्बई । साउथ र हिन्दी फिल्मका प्रख्यात अभिनेता कमल हासन हालका दिनमा सफल यात्राको उत्सव मनाइरहेका छन् । उनको फिल्म ‘विक्रम’ले बक्सअफिसमा ४ सय करोड रुपैंयाँको व्यापार गरेपछि उनको हाउभाउमा निकै परिवर्तन आउन थालेको छ । यी अभिनेताले अहिले पुरानै शैली अपनाउन थालेका छन् ।

यसको उदाहरण हालैको घटनालाई सम्भिए पुग्छ । फिल्म ‘इण्डियन २’को सुटिङका लागि उनी हेलिकप्टरबाटै सुटिङस्थलमा पुगेका थिए । उनी तिरुपतिबाट गडिकोटा हेलिकप्टर चढेरै पुगेका थिए । कमल निकट स्रोतका अनुसार उनी अहिले दैनिक रुपमा हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् ।

कमलले ‘इण्डियन २ ’को सुटिङका लागि हेलिकप्टर लिएर पुगेको तस्वीर आफ्नो इन्स्टाग्राममा राखेका छन् । ‘मेरो लोकेसन थाहा पाउनु निकै सजिलो छ’, उनले लेखेका छन् । तस्वीरमा हेलिप्याडको अगाडि कमल उभिएका छन् ।

‘विक्रम’को उत्कृष्ट सफलतापछि कमल जसै एकपटक पुनः खुलेर मैदानमा आएका छन् । उनी न त सरकारविरुद्ध एक राजनीतिक पार्टीलाई समर्थन गर्न हिचकिचाउछन् । न त आफ्नो बिलासी जीवनलाई सार्वजनिक रुपमा देखाउन पछि हट्छन् । हेलिकप्टरलाई पनि आम गाडीकै जस्तो गरेर प्रयोग गर्न थालेपछि कमलको शैलीबाट सबै चकित परेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : १३ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान