४ भदौ २०८३, बिहिबार | August 20, 2026

विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती


१९ माघ २०७९, बिहिबार  

130
Shares

धनगढी । आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन ।

पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्र असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए ।

“तालतलैया, पोखरीको सांस्कृतिक महत्व छ, यो मानवीय परम्परासँग जोडिएको छ ।” उनले भने, “कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायत क्रियाकलाप भइरहेका हुन्छन् ।”

सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन महत्वपूर्ण भूमिका खेलेको ऐर बताउनुहुन्छ । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यो मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको उल्लेख गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए ।

“निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छौं, ताल पुरिने समस्या छ ।” ऐरले भने, “निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ ।” पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको छ । सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन् ।

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन् । “जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ ।” उनले भने, “सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ ।” उनले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको बताए ।

सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलिय बोट बिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताइन् । “सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।” उनले भनिन्, “सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ ।” कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ४२ बजे

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म