१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सुनको मूल्यको फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदै छ कारोबार ?



काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १२ : ०३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर