१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

माओवादी नेताको जिम्मेवारी बाँडफाँट कहिले ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।

११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न भएको थियो । त्यसपछिको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई चयन ग¥यो । धेरै छलफल र बैठकपश्चात पदाधिकारी चयन भए पनि अहिलेसम्म केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, विभागलगायत बाँकी नै छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले नेताका जिम्मेवारी बाँडफाँटलगायत टुंगो लगाउने भनिएको थियो । तर, सो बैठक यस कुनै निर्णय नै नगर्दै सकिएको छ । आन्तरिक छलफलमै अड्किएका कारण ढिलाइ भइरहेको छ ।

माओवादी केन्द्र सचिव गणेश साहले छिट्टै नेताका जिम्मेवारी बाँडफाँटलगायत टुंगो लगाउने आन्तरिक तयारीमा रहेको बताए । अन्तिम चरणकै छलफलमा रहेको बताउँदै उनले छिट्टै टुंगो लाग्ने दाबीसमेत गरे ।

माओवादी केन्द्र महासचिव देव गुरुङ नेतृत्वमा उपमहासचिव सदस्य रहेको कार्यदलले नेताका कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यस ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।

गत मंगलबार बसेको पदाधिकारी बैठकले तीन नेतालाई अन्तिम टुंगो लगाउने जिम्मेवारी दिइएको थियो । यी तीन नेतासमेत आन्तरिक छलफलमै छन् । पार्टी महाधिवेशन भएको एक वर्षभन्दा बढी समय बितिसके पनि जिम्मेवारी बाँडफाँट नहुँदा नेताहरू जिम्मेवारीविहीन छन् ।

नेताका जिम्मेवारी बाँडफाँटका साथै स्थायी कमिटीलाई पूर्णता दिने पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिने, पार्टी संगठन विभाग, स्कुल विभागसहित ३० भन्दा बढी विभागको नेतृत्वसमेत टुंगो लगाउनुपर्ने हुन्छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने, विभाग गठनलगायत महाधिवेशन भएको एक वर्ष बित्दासमेत नगरेको माओवादीले तीनमहिने अभियान घोषणा गर्दै गाउँगाउँ पुग्ने योजनामा छ ।आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३८ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा