१० मंसिर २०८३, बिहिबार | November 26, 2026

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते



काठमाडौं । झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

ईटहरीबाट काकडभिट्टा तर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडी सोही दिशा बाट आउँदै गरेको फलामको रड बोकेको  ना ५ ख ८३११ नम्बको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनमा ८३११ नम्बरका ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नामथर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो ।

गम्भीर घाइते भएका उनीहरुलाई दमक अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो । शुक्रबार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनमा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा शुक्रबार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाईते भएका हुन् ।

घाइते भएका मध्य बर्दियाको बारबर्दिया नगरपालिका-५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका-२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था भने सामान्य रहेको छ ।  नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ०५ बजे

Your email address will not be published.

१२औँ धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, संगसंगै डिस्कोर्सको छैटौँ कनक्लेभ पनि संचालन हुने

नेपालगन्ज । नेपालगन्जमा यसवर्षपनि धारा नेपालगन्ज म्याराथनको १२ औं सृङ्खलाको

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार

चेक अनादर मुद्दामा कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता कान्छाराम तामाङविरुद्ध चेक

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता,