काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि सरेको छ ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक पुनः भोलिसम्मका लागि सरेको हो । यसअघि यो बैठक स्थगित हुँदै छोटो समयका लागि बस्दै आएको छ ।
सत्ता साझेदार दलहरुबीच गृहमन्त्रालयको विषयमा मतैक्यता हुन नसक्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा रहेका छन् । जसका कारण अध्यक्ष प्रचण्डको कार्यव्यवस्तता बढ्दा त्यसको प्रभाव पार्टी बैठकमा परेको हो ।
स्थायी र पोलिटब्युरो सदस्यको कार्यविभाजन बैठकको मुख्य एजेण्डा रहेको छ ।



















प्रतिक्रिया