११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री प्रचण्ड



सिन्धुपाल्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताएका छन् ।

शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार्ने अठोट लिएको बताएका हुन् ।

‘आफुले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु । मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु,’ उनले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।’

संसदबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको बताउँदै उनले प्रतिनिधिसभाबाट आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त स्मरण गराए ।

सांसदबाट पाएको विश्वास आफ्नो लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्ने कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे ।

विकास र समृद्धि प्राप्तिमा देखिएका चुनौतीको सामना गर्न आमजनता र छिमेकी राष्ट्रको सहयोग आवश्यक पर्ने भन्दै उनले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने पनि बताए ।

चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित रत्नराज्य माध्यमिक विद्यालयको अत्याधुनिक सुविधायुक्त ६ वटा भवन निर्माण भएको चिनिया राजदूत होउ चेन सोङले बताए ।

राजदुत सोङले नेपाल सरकारलाई र नेपाल सरकारले विद्यालयको भवन शुक्रबार समुदायलार्ई हस्तान्तरण गरेका हुन् । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको छ । अन्य सबै चीनबाटै ल्याएर चिनियाँ मजदुरबाट निर्माण गरिएको हो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ४ : ५० बजे

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको