११ असार २०८३, बिहिबार | June 25, 2026

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन ।

उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिए । उनले कोभिड-१९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय गरेको उल्लेख गरे ।

“कोरोना भाइरस जस्तो विपद्को घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौँ”, उनले भने । उनले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको उल्लेख गर्दै यस्तो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री गिरीले आगामी दिनमा नेपालको सङ्घीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना कार्यान्वयन गर्नका लागि आर्थिक एवं प्राविधिक सहायता निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।

राजदूत पोलिटले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए । उनले भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठान भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । राजदूत पोलिटले सन् २०२६ सम्ममा नेपाल विकसित देशका रूपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँनयाँ कार्यक्रम ल्याउने जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : २७ बजे

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल