१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

माओवादी केन्द्रको असन्तुष्टिकै बीच मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रको असन्तुष्टिकै बीच मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकासमन्त्रीमा सुनीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा सत्रुधनप्रसाद सिंह, खानेपानी तथा उर्जा विकासमन्त्रीमा सिंहासन कलावार, कानुन न्याय तथा प्रदेश मामिलामा राजकुमार लेखी र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा मोहम्मद जयद खाँ आलम नियुक्त भएका छन् ।

यसैगरी राज्यमन्त्रीमा तीनजना नियुक्त भएका छन् । शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्रले मधेश प्रदेशमा दुई मन्त्रालय मागेको थियो तर जसपाले केन्द्रको ‘बदला’ लिएको छ । उद्योग, पर्यटन तथा बन मन्त्रालय मात्रै दिने बताइपछि उक्त पार्टी सरकारमा सहभागी भएन । माओवादी केन्द्रले नेतृत्व गरेको संघीय सरकारमा मन्त्रालय भागबन्डामा चित्त नबुझेपछि जसपा सरकारमा सहभागी भएको छैन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ५८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो