१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

माओवादी केन्द्रको असन्तुष्टिकै बीच मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रको असन्तुष्टिकै बीच मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकासमन्त्रीमा सुनीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा सत्रुधनप्रसाद सिंह, खानेपानी तथा उर्जा विकासमन्त्रीमा सिंहासन कलावार, कानुन न्याय तथा प्रदेश मामिलामा राजकुमार लेखी र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा मोहम्मद जयद खाँ आलम नियुक्त भएका छन् ।

यसैगरी राज्यमन्त्रीमा तीनजना नियुक्त भएका छन् । शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्रले मधेश प्रदेशमा दुई मन्त्रालय मागेको थियो तर जसपाले केन्द्रको ‘बदला’ लिएको छ । उद्योग, पर्यटन तथा बन मन्त्रालय मात्रै दिने बताइपछि उक्त पार्टी सरकारमा सहभागी भएन । माओवादी केन्द्रले नेतृत्व गरेको संघीय सरकारमा मन्त्रालय भागबन्डामा चित्त नबुझेपछि जसपा सरकारमा सहभागी भएको छैन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ५८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का