८ पुस २०८२, मंगलबार | December 23, 2025

लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु



लुम्बिनी । भगवान गौतमबुद्धको सन्देश सहित शुक्रबारदेखि तीन दिने लुम्बिनीदेखि कुशिनगरसम्मको साईकल यात्रा शुरु भएको छ ।

बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट साईकल यात्रा शुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकलयात्राको शुभारम्भ गरेका हुन ।

उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीदेखि कुशिनगरसम्म बुद्धको सन्देश बोकेर साईकल यात्रा गरिनु निकै सकरात्मक रहेको बताए । उनले भगवान बुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्ध स्थल हुँदै गरिने साईकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे ।

साईकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरि योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए ।

साईकल अभियानकर्मी, बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरि ७० जनाको टोलीले शुक्रबारदेखि आईतबारसम्म तीन दिन साईकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुले जानकारी दिईन । पञ्चशिल पालना गर्दै हरेक दिन ध्यान, साधना सहित जन्मस्थाल लुम्बिनीबाट शुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुगेर समापन गरिने उनले बताईन ।

साईकल यात्रा शुुभारम्भका अवसरमा नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले भगवान बुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साईकल यात्रा शुरु गर्न पाएकोमा खुशि व्यक्त गर्दै लुम्बिनीमा पनि साईकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे ।

शुुभारम्भमा प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुुष्पराज शास्त्रीले साईकल यात्राहरु अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधना सहितको पहिलो साईकल यात्रा भएकाले उत्साही भएको बताए ।

साईकल यात्रामा पहिलो दिन शुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा हुनेछ । त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगञ्जमा पुगेर बास बस्ने र तेस्रो दिन आईतबार महारजगञ्जबाट कुशिनगरमा पुगेर समापन गरिने कार्यतालिका रहेको छ । साईकल यात्रीहरुले यात्रा शुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : १३ बजे

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप