४ पुस २०८२, शुक्रबार | December 19, 2025

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ



मोरङ । विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन् ।

बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शंका लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

लाखेको घर उदयपुरसिथत कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसँगै मोटरसाईकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको