५ भदौ २०८३, शुक्रबार | August 21, 2026

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ



मोरङ । विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन् ।

बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शंका लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

लाखेको घर उदयपुरसिथत कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसँगै मोटरसाईकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ४२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको