५ भदौ २०८३, शुक्रबार | August 22, 2026

धुमधामकासाथ मनाइँदै प्रेस चौतारीको स्थापना दिवस, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विविध कार्यक्रम



काठमाडौं । नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ ।

२२ माघ काठमाडौंमा हुन गईरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए ।

उनका अनुसार बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ (रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा )दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र  चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ ।

स्थापा दिवसकै अवसरमा चौतारीको लुम्बिनी प्रदेशले विविध कार्यक्रम तय गरेको प्रदेश इन्चार्ज प्रदीप आचार्यले जानकारी दिए । आचार्यका अनुसार लुम्बिनी प्रदेशमा रुपन्देहीले चौतारी मिलन तथा रक्तदान कार्यक्रम, नवलपरासीले सिर्जनशील पत्रकारिता पुरस्कार बितरण, पाल्पाले साधारणसभा तथा रानिमहल प्रबर्द्धन कार्यक्रम, गुल्मीले वृद्धबृद्दाहरुलाइ फलफुल लगायत पोषण सामग्री बितरण, अर्घाखाँचीले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ स्टेशनरी सामान बितरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरि प्युठानले अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण, दाङ्गले रक्तदान कार्यक्रम, बर्दियाले वृद्दाश्रममा एक छाक पोषिलो खाना खुवाउने कार्यक्रम, कपिलवस्तुले मदसराका विद्यार्थीहरुलाइ झोला बितरण, रोल्पाले सन्चार सम्बद्द सङ्गठनहरुबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता तथा बाँकेले पत्रकार महिला र शिक्षिकाबीच मैत्रीपूर्ण फुटसल, वनभोज तथा पुरस्कार वितरण समारोह गरेर स्थापना दिवस मनाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : १४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको