२३ भदौ २०८३, मंगलबार | September 8, 2026

संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य : मुख्यमन्त्री गिरी



भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गलत व्याख्या र प्रचार भइरहेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य भएको बताए ।

उनले आफुले संघीयताको मर्म अनुसार काम गर्ने बताउँदै नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउन तर्फ प्रदेश सरकार क्रियाशिल रहने बताए । संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले संघीयताले नै गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पुर्‍याएको बताए । ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयता माथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, उनले भने , ‘संघीयता विरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हित विपरीतको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै उनले आगामी पाँच वर्षभित्र प्रदेश बासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने उल्लेख गरे । समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै उनले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताए ।

‘संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’, उनले भने , ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पुर्‍याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको बताए । ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, उनले भने ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ३४ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज