२४ असार २०८३, बुधबार | July 8, 2026

आज प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

रुपन्देहीमा रक्तदान कार्यक्रम



बुटवल । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन चौतारीले स्थापना दिवसको अवसरमा रुपन्देहीमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा विहिान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक स्वस्तिक श्रेष्ठले बताए । स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

यसैगरी काठमाडौंमा चौतारीको केन्द्रीय समितिले घोषणा गरेका विभिन्न शिर्षकका पुरस्कार आज प्रदान गरिँदै छ । सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालले कार्यक्रम बारे जानकारी दिए । उनका अनुसार बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ (रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।

यसैगरी, सावित्रीदेवी-पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : १७ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग